एमाले मध्यपहाडी अभियानको दोस्रो दिनः अमरगढीमा आमसभा गर्दै
काठमाडाैँ । समृद्धिका लागि संकल्प यात्रा भनिए पनि एमालेले ‘जनता र कार्यकर्तासँग’ जोडिन यो यात्रा सुरु गरेको हो।
एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट समृद्धि यात्राको सुरुवात गरेका हुन्। मध्यपहाडी लोकमार्गको पश्चिम अन्तिम बिन्दु मानिएको झुलाघाटबाट मुलुकको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै एमाले अध्यक्ष ओलीले बिहीबार संकल्प यात्राको शुभारम्भ गरेका हुन्।
समृद्धिका लागि संकल्प यात्राको दोस्रो दिन आज डडेलधुराको अमरगढीमा आमसभा गर्दैछ । भोली तेस्रो दिन १०५ किमी यात्रा गरेर मंगलसेनमा सभा गर्दैछ ।
बिहीबार नै बैतडीको गोठलापानीमा आयोजना गरिएको आमसभामा ओलीले वर्तमान सरकारी कमिसन र तस्करीको बाटोमा हिँडिरहेको आरोप लगाए। ‘एयरपोर्ट, भन्सार, इलेक्ट्रिक सामग्रीको माध्यमबाट धमाधम नेपालमा सुन भित्रिएको छ, यो सबै तस्करीको खेल हो,’ ओलीले भने, ‘यो कमिसनतन्त्रको खेल हो। सरकारले गर्दै आएका पछिल्ला गतिविधिले नै देशको अर्थतन्त्र ओरालो लागेको हो।’
१९ दिनसम्म चल्ने समृद्धिका लागि संकल्प यात्रा पुस ५ गते काठमाडाैमा आपचारिक रुपमा समापन हुने अभियानको तालिकामा उल्लेख छ ।
Comments
अरु समाचार
-
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
सिरहा: सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी...
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
चिसो बढेपछि गोठाला बेँसी झरे, सुनसान भयो ‘बुकीपाटन’
ढोरपाटन (बागलुङ): चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक...
-
चिकित्सकहरु भन्छन्- मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै
काठमाडौँ, २६ कात्तिकः अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै...
-
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको मृत्यु
बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा...
-
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई...
-
विद्युत प्राधिकरणले सबै उद्योगमा लाइन जोड्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबै उद्योगहरुमा विद्युत जडान गरेको छ । प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले सबै उद्योगहरुमा लाइन...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...