ताजा समाचार

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक, मंसिर अन्तिम साता दल दर्ता गर्ने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ ।

निर्वाचनको मिति माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको कार्य सञ्चालन गर्ने आयोगले तयारी गरेको छ। सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

१ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

उम्मेदवारी दर्ताको समय तोकिएको छैन । तर अहिलेसम्म आयोगको तयारी २० पुसमा उम्मेदवारी दर्ता गर्ने छ । सम्भवत आइतबार यसबारे निर्णय हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org