ताजा समाचार

नेपाल सुपर लिगमा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेड भिड्ने

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा आज ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । आजको खेलमा ललितपुर जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा वीरगञ्ज पहिलो जितको खोजीमा हुनेछ ।

आज ललितपुरले चौथो खेल खेल्दैछ भने वीरगञ्जले तेस्रो खेल खेल्नेछ । यसअघिका तीन खेलमा ललितपुरले धनगढी र पोखरासँग बराबरी खेलेको थियो भने बुटवललाई पराजित गरेको थियो । योसँगै ललितपुर ५ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यस्तै धनगढी र चितवनसँग पराजित भएको वीरगञ्ज आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । वीरगञ्ज अंकविहीन रहँदै तालिकाको पुछारमा छ । शीर्षस्थानमा रहेको धनगढीको ७ अंक छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org