‘द भ्वाइस अफ नेपाल सिजन-५’: साेलुखुम्बुका कुमार प्रयास राईलाइ जिताउन अपिल
काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले ‘द भ्वाइस अफ नेपाल सिजन-५’ का प्रतिस्पर्धी कुमार प्रयास राईलाइ जिताउन अपिल गरेका छन् । कुमार प्रयास राई जिताऔं अभियान समितिले शुक्रबार आयोजना गरेको कार्यक्रमा सहभागी वक्ताहरुले राईलाई जिताउन अपिल गरेका हुन् ।
कार्यक्रममा राजनीतिक दलका नेता, समाजसेवी, उद्यमी/व्यवसायी, कलाकार लगायतले ‘द भ्वाइस अफ नेपाल’ मा राईलाइ जिताउन आग्रह गरे । सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले कुमार प्रयास देशकै प्रतिभावान कलाकार देखिएकाले सिजन ५ मा जिताउन आग्रह गरे ।
वरिष्ठ समाजसेवी तथा व्यवसायी वसन्त वनले प्रतिभावान कलाकार कुमार प्रयासलाई जिताइए देशमा एक प्रतिभावान कलाकारको उदय हुने जनाए ।
कार्यक्रममा अग्रज बलराम गुरुङ,युवा व्यवसायी यशबहादुर राइलगायतले सोलुखम्बुको दुर्गम गाउँमा जन्मिएका प्रतिभालाई जिताउनु पर्नेमा जोड दिए । कुृमार प्रयास राई जिताऔं अभियान समितिका संयोजक पूर्ण राईले कुमार प्रयासलाई सिजन ५ मा जिताइए सगरमाथा बेस क्याम्पमा पुगेर सेलेब्रेशन गर्ने जनाए । कार्यक्रमको सुरुवातमा मदन राईले कुमार प्रयासलाई जिताउन खोज्नुको उद्देश्यको सम्बन्धमा प्रकाश पार्दै स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका लोखिम स्थायी घर भएका राई ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को भोटिङ राउण्डमा प्रवेश गरेका छन् । उनले आफ्नो प्रस्तुतीको कदर गर्न आग्रह गरे । उनले दर्शक तथा शुभचिन्तकले आफूलाई जिताउनेमा आशावादी भएको जनाए । ‘तिमी तारे भीर म त लहरा’ भन्ने बोलको आधुनिक गीत गाउँदै कुमारले तीन वटा कोचको कुर्सी घुमाएका थिए । सुमधुर स्वरमा गीत गाएर कोच र दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । उनले गीत गाइसकेपछि दर्शकबाट ‘वान्स मोर’ भनेर हुटिङ भएको थियो ।
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












