आजको राशिफलः २०८० साल मंसिर २४ गते आइतबार
मेष : अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ। बुधबारदेखि रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आँट गर्दा ठूलै काम सम्पादन हुन सक्छ। सप्ताहान्तमा विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। प्रेमको बन्धन कसिलो हुनेछ।
वृष : साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरू टाढा हुनाले दुस्ख पाइनेछ। बुधवारदेखि अध्ययनमा प्रगति हुनेछ। नयाँ कार्य थालनी गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सप्ताहान्तमा रमाइलो यात्रा र विशेष भेटघाट हुने सम्भावना छ।
मिथुन:अवसरवादीहरूबाट जोगिएर काम गर्नुहोला। शुभचिन्तकहरू टाढा हुनाले दुस्ख पाइनेछ। अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। केही काम रोकिए पनि व्यापार–व्यवसायमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट: परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आत्मसम्मानका लागि मौन रहनु बेस हुनेछ। भौतिक साधनको कमीले व्यवहारमा अप्ठ्यारो पर्न सक्छ। सप्ताहान्तमा चिताएको काम बन्नाले प्रशस्त फाइदा पनि हातलागी हुनेछ।
सिंह : बुधवारदेखि परिस्थिति अनुकूल बन्दै जानेछ। लगनशीलताले दाम, नाम र इनाम दिलाउन सक्छ। अभिव्यक्ति कला निखारिनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुट्नेछ। सप्ताहान्तमा भने आफ्नाले धोका दिनेछन्।
कन्या: आफन्तहरू टाढा हुनेछन्। तापनि मिहिनेतीहरूलाई विशेष अवसर प्राप्त भइरहनेछन्। बुधबारदेखि कीर्तिमानी काम सुरु हुनेछ।प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नेछन्। धेरैलाई प्रभावित बनाउन सकिनेछ।
तुला : पेसा र व्यापारमा मनग्गे लाभ हुनेछ। बुधवार र बिहीवार लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थअभाव समेत देखापर्नेछ। बलजफ्ती गर्दा काम बिग्रनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। विवादास्पद काम गर्नुपरे पनि मिहिनेत गर्दा काम सम्पादन हुनेछन्।
वृश्चिक: खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ। लगनशीलताले प्रसिद्धि पनि बढ्नेछ। मिहिनेतले दाम र इनाम दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा फजुल खर्च बढ्नेछ। समयमा ध्यान नदिनाले मनको डरले सताउन सक्छ।
धनु :समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम अघि बढ्नेछ। समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। सप्ताहान्तमा मिहिनेतले कीर्ति राख्ने अवसरसमेत प्रदान गर्नेछ।
मकर : अर्थ अभावले पनि सताउने देखिन्छ। संघर्षको यात्रा सुरु हुनेछ। अरूका लागि आफ्नो महत्त्वपूर्ण समय खर्चनुपर्ला। सप्ताहान्तमा टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
कुम्भ : व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। बुधवारदेखि रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। समस्या दर्साउँदा सहयोगीले भने साथ दिनेछन्। अठ्यारो परिस्थतिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।
मीन : व्यवसायका लागि यात्रा गर्ने साइत पनि जुर्न सक्छ। मन मिल्ने साथीसँग रमाइलो भेट हुन सक्छ। मित्रता र प्रेमको गाँठो कसिने समय छ। सप्ताहान्तमा स्वास्थ्य कमजोर रहला। अर्थ अभावले पनि समस्या निम्त्याउन सक्छ।
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












