अख्तियार आयुक्त जयबहादुर चन्दको अपिलः कर्मचारी र जनप्रतीनीधीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जाहेर गर्नुहोस्
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार अन्त्य नभएसम्म देशले उन्नति गर्न नसक्ने बताएका छन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज आयोगको बर्दिबास कार्यालयले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ सम्बन्धी जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त चन्दले सार्वजनिक पदमा बसेका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई जनताको सुख, शान्ति र समृद्धिमा समर्पित गर्न सल्लाह दिए ।
महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख र विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख सहभागी रहेका सो कार्यक्रममा आयुक्त चन्दले भ्रष्टाचार गर्ने कसैको पनि भलो हुँदैन र भ्रष्टाचार गरे आफू र आफ्ना आउँदा सन्ततिले त्यसको परिणाम भोग्नुपर्ने निश्चित रहेको भन्दै आजैदेखि सबैले आ-आफ्नो तर्फबाट भ्रष्टाचार नगर्ने/नगराउने प्रतिबद्धता जाहेर गर्न अपिल गरे ।
आयोगको बर्दिबास कार्यालयले आयोजना गरेको सो कार्यक्रमलाई जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारीलाई कारबाहीका लागि मात्रै नभई जिम्मेवारी गराउने र मार्गदर्शनको कामसमेत गर्ने संस्था रहेको बताए ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...