ताजा समाचार

उदयपुर प्रहरीले गर्‍याे बाल-विवाह विरुद्ध सचेतना कार्यक्रम

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय उदयपुरले बाल विवाह विरुद्ध सचेतनामुलक कार्यक्रम गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय उदयपरको आयोजनमा बाल विवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं ०३ भुल्के स्थित मुस्लिम समुदायमा जिल्ला प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, त्रियुगा नगरपालिका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, मुस्लिम समुदायका धर्मगुरु, समाजसेवी एवं बुद्धिजिवी, मदरसामा अध्ययनरत बिद्यार्थीहरु एवं स्थानीय मानिसहरु समेत गरि करिव १५० जनाको उपस्थितीमा प्रभातफेरी सहित “बालविवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम” भएकाे जिप्रका उदयपुरले जानकारी दिएक हाे ।

प्रहरी प्रमुख थापाले भने: जिल्ला स्थित मुस्लिम समुदायमा धेरै बाल विबाह हुने क्षेत्र हाे । यस क्षेत्रका बालबालिकामा बाल विवाह विरुद्ध सचेतना फैलाउने उद्देश्यका साथ सरेकारवाला निकायहरु संग सम्मन्वयन गरी थप व्यवस्थित तवर सञ्चालन गर्ने छाैँ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org