ताजा समाचार

पश्चिमी वायुको प्रभाव, चिसोबाट बच्न विभागको आग्रह

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने कोशी, मधेस,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। आगामी तीन दिन मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ। देशको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेट र सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org