ताजा समाचार

नेपाल वायुसेवा निगम प्रगतिउन्मुख,आम्दानी १४४ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो तीन वर्षमा आम्दानी दोब्बरभन्दा बढी भएको जनाएको छ । आर्थिक वर्ष २०७७र०७८ मा ९ अर्ब १० करोड ९७ लाख नाफा गरेको संस्थाले गत आर्थिक वर्ष २०७९र८० मा २२ अर्ब २४ करोड १९ लाख बढी आम्दानी भएको जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाखभन्दा बढी नाफा भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रवक्ता रमेश पौडेलले निगमले पछिल्लो तीन वर्षमा संस्थाको आम्दानी १४४ प्रतिशतले बढेको जनाएका छन् ।

पछिल्लो आठ वर्षदेखि राष्ट्रिय ध्वजावाहक निगमले अन्तर्राष्ट्रियतर्फ चार वटा र आन्तरिकतर्फ दुई वटा विमान उडाउँदै आएको छ । तर वर्तमान नेतृत्वले व्यवस्थापनको जिम्मेवारी लिएपछिको अवस्थामा उक्त सफलता प्राप्त भएको पौडेलले बताए ।

निगमले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,निनिगम बिस्तारै प्रगतिउन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org