ताजा समाचार

काठमाडौं आएको एयर अरेबियाको शौचालयमा मृत नवजात शिशु !

काठमाडौं। यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ । आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको शौचालयमा शिशु मृत फेला मृत भेटिएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले नवजात शिशु मृत फेला परेको बताए। उनले भने,‘बिहान ९ बजे त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजको शौचालयमा शिशु मृत फेला परेको हो । शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिन्छ । यसको अनुसन्धान हुँदैछ ।’

विमानस्थल सुरक्षा स्रोतकाअनुसार आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको छ। ती महिला करिब १५ मिनेट विमानको शौचालयमा थिइन् । नवजात शिशु फेला परेपछि सोधखोज गर्ने क्रममा आमा अस्पतालमा रहेको जानकारी आएको हो। थप विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org