ताजा समाचार

भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारको ९४ बुँदे सुझाव

काठमाडौँ । भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सचिव, विभागीय प्रमुख र सार्वजनिक संस्थानहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सुझाव दिएको छ ।

अन्तरक्रिया कार्याक्रममा छलफलपछि सचिव तथा विभागीय प्रमुखलाई ४६ र नियमामक निकाय साथै सार्वजनिक संस्थानलाई ४८ बुँदे सुझाव दिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले विभागीय प्रमुख र सचिवहरूलाई प्रत्येक महिना विभागीय मन्त्री र सचिवले मातहतका निकायबाट भएका कामकारबाहीको समीक्षा गरी कार्यसम्पादनमा सुधार गर्ने र लापरबाही गर्ने पदाधिकारी कर्मचारीलाई समयमै सचेत गराउने ।यो व्यवस्थाको पालना नभएमा हुने सरकारी हानी नोक्सानीउपर वित्तीय उत्तरदायी अधिकारीलाई जिम्मेवार र जवाफदेही हुने भन्दै सचेत बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org