ताजा समाचार

१४ किलो सुन प्रकरण : मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले १४ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाएको छ ।

गत मंसिर २१ गते बिहीबार राति त्रिभुवन विमानस्थलमा बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न गठित समितिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिवेदन बुझाएको हो ।

फ्लाई दुबईको फ्लाइट एफजेड ५७३ मार्फत बिहीबार राति काठमाडौं आएका चन्द्र घलेलाई ११ बजेर ४० मिनेटमा सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले लिएको।

घलेले छातीमा लुकाएर कपडाले बेरेर बिस्कुटजस्तो आकारको सुन ल्याएका थिए । सोधपुछमा घलेले उक्त सुन विमानस्थलबाट पक्राउ परेका अर्का व्यक्ति मीनबहादुर घलेको भएको बताएका थिए ।

समितिको अनुसन्धानले मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग मिलेर नेपालमा सुन तस्करी गर्दै आएका थिए । समितिको प्रतिवेदनमा मीनबहादुर घले र उनको समूह नै सुन तस्करीमा संलग्न रहेको समेत निष्कर्ष निकालिएको छ ।

मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने गरेका थिए । एयरपोर्टमा सेटिङ मिलाउन भने डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ ।

एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ ।

एयरपोर्टबाट कटाएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटारसिथतर सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पु¥याउने गरेका थिए । यो सुन मिनबहादुर र उनका साथी जाने भन्ने जीवन गुरुङले अंकितले भनेको स्थानमा पुर्‍याउने गरेका समेत प्रतिवेदनमा खुलाईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org