ताजा समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं। सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ । लामो सयमदेखि अदालतमा अड्किएको यो मुद्दामा आज भएको सुनुवाइ नसकिएपछि यो हेर्दा हेर्दैमा राखिएको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आज पहिला पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।

सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ । पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपको मुद्दाले किनारा पाउनेछ ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org