ताजा समाचार

बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी

काठमाडाैँ । समाजवादी मोर्चा, नेपालको बैठक शुरू भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मोर्चाको बैठक शुरू भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता सहभागी छन् । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहहरू सहभागी छन् ।

सरकारको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेको दोस्रो दिन मोर्चाको बैठक बसेको छ ।नेताहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत असार ४ गते चार दलले समाजवादी मोर्चा गठन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org