ताजा समाचार

नेप्से दोहोरो अंकले घटेर बन्द भयो, ५ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १७.२३ अंकले घटेर दुई हजार ७० दशमलब ८४ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ८३ कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ७ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

त्यस्तै, बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ। सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको १९ करोड ६६ लाख बराबरको कारोबार भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org