ताजा समाचार

वाइसिएल अध्यक्ष सेर्पालीलाई पितृ शोक

काठमाडाैँ । वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुवोधराज सेर्पालीलाई पितृ शोक परेको छ ।
उनका ६७ वर्षीय बुबा तेज बहादुर सेर्पाली बिहिबार दिउँसो निधन भएको हो । अध्यक्ष सेर्पाली सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् । रुकुम पुर्व भुमे गाउँ पालिका गुनाममा बस्दै आएका सेर्पालीको उपचारको क्रममा काठमाडाै स्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा  निधन भएको हो ।
केहि वर्षयता फोक्सोको क्यान्सर समस्याबाट पीडित सेर्पालीको  चितवन क्यान्सर अस्पतालमा उपचार भैरहेको थियो ।
उनले फेसबुकमा लेखेका छन्– …✍️बुवा तपाइको उच्च मनोबलले हार्‍यो उपचारमा हर उपाय प्रयोग गर्नुभएर तपाईलाई स्वस्थ बनाउन मिहिनेत गर्ने बि.पि. मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका बरिस्ठ सर्जन डाक्टर बिनयकुमार ठाकुर लगायत Thoraco oncologist medical चिकित्सकहरुको टिमको मिहेनतले बुवालाई धेरै समय बचाउन सकिने आशा संचार गरिरहेको थियो । पौष २२ गते पाँचौ केमोको पर्खाइमा थियौं तर त्यो मिति धेरै दुर रहेछ हामी पुग्न सकेनौं…। आज विहान ११:४५ बजे तपाइलाई अकस्मात स्वास्थ्यमा गम्भीर समस्या देखियो तत्काल नजिकै रहेको मनमोहन मेमोरियल शिक्षण अस्पतालमा पुर्‍यायौं । अन्तिम कोसिस गर्दागर्दै चिकित्सकले १२:५५ मा मृतक😪 घोषणा गरेसँगै तपाइलाई अन्तिम पटक बाबै (बुवा) भनेर सदाका लागि बिदाइ गर्ने दु:खद सौभाग्य प्राप्त गरेँ । समग्रमा तपाइलाई निको गराउने हाम्रो हर कोसिस असफल भयो यो समय हाम्रो लागि सम्पुर्ण रुपले प्रतिकुल भयो । तपाइले उच्च मनोबलकासाथ रोगलाइ सहजै जित्छु भन्दाभन्दै पनि हार्‍यौ हामी । बाबै सन्ततिबाट तपाइको अपेक्षा आशीर्वाद हामीले कति पूरा गर्न सक्यौं वा सकेनौं सबै अनुत्तरित सवालहरुको लागी हृदयदेखि माफी चाहान्छु । तपाइको इच्छा अनुसार स्वयम्भू घुम्यौं तर बाइसधारा घुम्ने अनि प्यारो जन्मभुमि गुनाम गएर घरमा गाउँले दाजुभाइ साथी अनि आफन्तसँग संवाद गर्ने चुरोट, सुल्पा, बिडी जाँडरक्सी सबैलाई छोडाउने क्यान्सर जस्तो प्राणघातक रोग लाग्नबाट अरुलाई जोगाउने तपाइको योजना सधैंको लागि अपुरो अधुरो रह्यो ।…. अलबिदा बाबै !🙏😭😭

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org