सन्दीपको मुद्दामा आज बहस सकिंदै,आजै फैसलाको संभावना
काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज फाइनल बहस सकिंदै छ।
सन्दीप पक्षबाट दुइजना कानुन ब्यबसायीले बहस गरेपछि जाहेरीकर्ताले जवाफी बहस गरेसँगै आज बहस सकिने छ।
गत आइतबारदेखी काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको फाइनल बहस सुरु भएको छ।
सोमबार र मंगलबार सार्वजानिक विदा परेपछि बुधबारबाट निरन्तर बहस हुँदै आएको मुद्दामा आज लन्च समय सम्ममा बहस सकिने छ।
त्यसपछि जवाफी बहस सकिएसँगै न्यायाधीशले फैसला लेखेपछि जिल्ला अदालतबाट मुद्दाले किनारा पाउने छ। शुक्रबार पनि १०ः३० देखी बहस निरन्तर सुरु हुने छ। सन्दीप पक्षबाट बरिष्ठ अधिबक्ता रमन कुमार श्रेष्ठ र सन्दीपका कानुन ब्यबसायी सरोज कृष्ण घिमीरेले आज बहस गर्ने छन्।
सन्दीपका कानुन ब्यबसायी सरोज कृष्ण घिमीरेले आफ्नो तर्फबाट आज लन्च समय सम्ममा बहस सकिने बताए।
उनले भने,‘संभवत आज मुद्दाले किनारा पाउने छ। हाम्रो तर्फबाट बहस लन्च ब्रेक अघि सकिने छ।’ उनले जवाफी बहसमा पनि धेरैजनाले बहस नगर्ने भएकाले धेरै समय नलाग्ने भएकाले आजै फैसला हुने सम्भावना रहेको बताए।
यसअघि ११ वैशाखमा पहिलो पटक सर्वोच्चको आदेशपछि फाइनल सुनुवाइ सुरु भएको थियो। न्यायाधीश दीपक ढकालको इजलासमा सरकारी पक्षका वकिलहरुले ४ घण्टा बढी बहस गरिसकेका थिए।
न्यायाधीशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन हुँदै मुद्दा फेरि लम्बिन पुगेको थियो। यो पटक भने मुद्दाले किनारा पाउन लागेको हो।
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












