बालकुमारीमा प्रहरीको गोली लागेर एक युवकको ज्यान गयो, ५४ जना पक्राउ
काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । उनको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो ।
युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीेले बल प्रयोग गरेको उहाँले बताउनुभयो । केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भए पनि संख्या यकिन नभएको एसपी केसीले बताउनुभयो । ५४ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पारेको छ ।
आन्दोलन गरेका युवाहरुले आजै मन्त्रीको गाडी जलाएका छन् । युवाहरुको आन्दोलन चलिरहेको बेला पार्टी कार्यालय जान हिँडेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको गाडीमा विद्यार्थीले आगजनी गरेका हुन । मन्त्री र २ जना सुरक्षाकर्मीलाई गाडीबाट निकालेर उनीहरुले गाडीमा आगो लगाएका प्रहरीले जनाएको छ । पानी जहाज बनाउने काम अर्थात ‘सिप बिल्डिङ’का लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने निर्णयविरुद्ध युवाले आन्दोलन गरेका प्रहरीले जनाएको छ ।
इपीएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । अदालतले सिप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो । तर ईपीएसले मुद्दा हाल्ने युवालाई मात्र फारम खुलाएपछि अरु युवाले आन्दोलन गरेका हुन् । प्रदर्शनका कारण चक्रपथ सहित वरपरका सडकमा ट्राफिक अवस्था अस्तव्यस्त भएको छ ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...