सरकारप्रति सीके राउतको तीव्र आक्रोश– पार्टी सरकारमा छ भन्दैमा रातलाई दिन भन्न सकिँदैन
काठमाडाैँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको एक घटक जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारप्रति तीव्र आक्रोश पोखेका छन् ।
उनले पार्टी सरकारमा छ भन्दैमा रातलाई दिन भन्न नसक्ने उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका राउतले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत सरकारप्रति निरन्तर आक्रोश पोखिरहेका हुन् ।
‘हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनुपर्ने ? गलतको विरोध मैले निजीरूपमा पनि गर्न नपाउने ? त्यही चाहना गठबन्धनको ? त्यही अपेक्षा जनताको पनि ?’ राउतले सामाजिक सञ्जाल ट्वीटरमा प्रश्न गरेका छन् ।
प्रचण्ड सरकारमा जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएर सहभागी भएको छ ।
राउतले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनालाई लिएर ‘भ्रष्ट राज्यले रोजगारी दिएन छातीमा गोली दियो’ भन्दै आक्रोश व्यक्त गरेका थिए ।
‘अङ्गप्रत्यङ्ग बिकेको यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन, रोजगारी दिएन । बा–आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा असुल गर्न अवरोध खडा गर्यो र छातीमा गोली ठोकिदियो,’ सीकेले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।
हेर्नुहोस्, ट्वीट :
हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनु पर्ने? गलतको विरोध मैले निजीरूपमा पनि गर्न नपाउने? त्यसोभए त्यही सरकारले दिएको नागरिकता बोकेर, सेवा लिएर,त्यही सरकारले गरेको निर्वाचनमा मतदान गरेर, तपाईंले बनाएको सरकारको तपाईंले पनि कसरी विरोध गर्न सक्नुहुन्छ? pic.twitter.com/lcAM0wqSmy
— Dr. CK Raut (@drckraut) December 30, 2023
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












