ताजा समाचार

अंग्रेजी नयाँ वर्ष सन् २०२४ आजबाट शुरु

काठमाडौं । ईस्वी संवतको नयाँ वर्ष शुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइँदै छ । नयाँ वर्ष मनाउन राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न पर्यटकीय स्थानमा सांगीतिक कार्यक्रमको आयोजना गरिएका छन् ।

नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाडौँको ठमेलमा आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लागेको छ । आइतबार बेलुकी ‘न्यू इयर इभको अवसरमा ठमेल उल्लासमय बन्यो । आइतबार राति ठमेलको नरसिहंचोक, जोपि रोड त्रिदेबीमार्ग सात घुम्ती लगाएका क्षेत्रमा स्वदेशी तथा विदेशीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नयाँ वर्षलाई विश्वका प्रमुख शहरहरुमा पनि भब्य स्वागत गरिएको छ । नयाँ वर्षको स्वागतमा आतिसवाजी र भव्य सांगीतिक कार्यक्रमहरु आयोजना गरिएका छन् । ग्रेगोरियन पात्रोअनुसार इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको हो ।

येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको इस्वी संवत प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन नयाँ वर्षको आरम्भका रुपमा भव्यताका साथ मनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org