ताजा समाचार

दूरसञ्चार प्राधिकरणले भन्यो- तथ्यहीन समाचारप्रति ध्यान आकृष्ट भएको छ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित तथ्यहीन समाचारप्रति ध्यानाकृष्ट भएको जनाएको छ । ‘दूरसञ्चार प्राधिकरणमा अर्को अनियमितता : पूर्वसचिवकै हस्ताक्षर किर्ते गरेर एमडीएमएसको ठेक्का’ शीर्षक राखेर सञ्चारमाध्यममा प्रकाशित तथ्यहीन समाचारप्रति ध्यान आकृष्ट भएको प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलद्वारा सोमबार हस्ताक्षरित प्रेस विज्ञप्तिमा मोबाइल उपकरणहरूको आयात, प्रयोग तथा बिक्री वितरणलाई थप व्यवस्थित गर्न, हराएका तथा चोरी भएका मोबाइल सेटहरूको ट्रयाक तथा ब्लक गर्न र प्रमाणिक मोबाइल सेटहरू पहिचान गर्न मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) सञ्चालनमा ल्याइएको उल्लेख छ ।

एमडीएमएस प्रणाली खरिद छनौटको क्रममा परेको उजुरी सम्बन्धमा खरिद विज्ञ सुरेश प्रधानलाई २०७६ वैशाख १७ गते नियुक्त गरिएको र उनको इमेल ठेगाना Email Address: [email protected] मार्फत  Mon, May 6, 2019, 11:14 PM मा राय तथा सुझाव प्राप्त भएको उल्लेख छ । सो वापत उनलाई करबाहेक ४० हजार रुपियाँ एभरेष्ट बैंक लिमिटेड, नयाँ बानेश्वर शाखा खाता नं. ००१००५०१XXXXXX मार्फत भुक्तानी समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘सञ्चार विज्ञ प्रधानको प्रतिवेदन सम्बन्धमा प्रकाशित भएको तथ्यहीन, भ्रामक तथा चरित्र हनन् गर्ने समाचारलाई प्राधिकरण खण्डन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । साथै प्रवक्ता तथा सहायक प्रवक्तामार्फत सत्यतथ्यमा आधारित भएर प्राधिकरणमा हुने काम कारबाहीबारे खबर सम्प्रेषण गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org