ताजा समाचार

नेप्से परिसूचकमा ८.७१ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ८.७१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २०४९ विन्दुमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोडको भएको छ । कुल ११३ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ५ को स्थिर रह्यो ।

समग्र बजार घट्दा ब्यापार समूह २।३, हाइड्रोपावर १.८ र लगानी समूह १.१ प्रतिशत बढ्यो । टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशत घट्यो ।बैंकिङ ०.५, विकास बैंक ०.८, फाइनान्स ०.९, होटल तथा पर्यटन ०.४, जीवन बीमा १.२, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.३ र निर्जीवन बीमा ०.९ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिका पावर, सिंगटी हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.५ प्रतिशत घट्यो । मन्दाकिनी हाइड्रोको ५.८, नेपाल टेलिकमको ५.४, जानाकी फाइनान्सको ५.२ र युनिलिभर नेपालको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी क्रमशः अगाडि रहे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org