ताजा समाचार

पशुपतिमा जयशंकर,परिसरमा वृक्षारोपण

काठमाडाैँ । भारतका विदेशमन्त्री एस जयशंकर पशुपतिनाथ मन्दिर पुगेका छन्।

बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आएका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका हुन्।

उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरूवा पनि रोपेका छन्।

जयशंकरले भ्रमणका क्रममा बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखरहरूसँग भेटवार्ता गरेका थिए।

यसै क्रममा नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर पनि बिहीबार नै भएको थियो। जयशंकर आजै १२ बजे भारत फर्कनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org