ताजा समाचार

बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी रहेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् ।

शनिबार मध्यरात सम्पन्न बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको छ । यहाँ नेकपा एसलाई पनि भाग दिनुपर्ने भएकाले अहिले बैठक आह्वान भएको नेताहरले बताएका छन् । आजको बैठकले सहमति जुटाउने एक नेताले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org