ताजा समाचार

कर्णालीमा गठबन्धनका उम्मेदवारले दर्ता गराए एकसाथ उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एक साथ उम्मेदवारी दर्ता गराएका हुन् ।

तीनवटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एकरएक सिट परेको छ । जस अन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया उम्मेदवार रहेका छन् ।

उम्मेदवारी दर्ता कार्यक्रमका सम्बन्तीत पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरु कर्णाली पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org