जाडोमा शरीर न्यानो राख्न कस्तो खानेकुरा खाने ?
काठमाडाैँ । जाडो बढ्दै गइरहेको छ । जाडाेयाममा शरीर न्यानो बनाउन न्यानाे लुगासँगै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ ।
जाडो सिजनमा सामान्य केही खानेकुरामा ध्यान दिन सक्यो भने स्वास्थ्यका लागि राम्रो हुन सक्छ । त्यसैले यस्ता खानेकुरा नियमित खाने हो भने जाडोयाममा पनि शरीर न्यायो बनाइराख्न सकिन्छ ।
कालो मरिच
कालो मरिच पनि जाडोमा आवश्यक खानेकुरा हो । यसलाई सुप वा चियामा राखेर खानुपर्छ । यसको प्रयोगले रुघाखोकी निको हुन्छ ।
लसुन र मेथी
लसुन एण्टीबायोटिक भएकाले रुघाखोकी निको पार्ने औषधिकै रूपमा प्रयोग गरिन्छ । जाडोमा लसुनको अचार बनाएर खान सकिन्छ । यसलाई तरकारीमा पनि राख्ने गरिन्छ । यस्तै, मेथीको लड्डुले पनि स्वास्थ्यमा फाइदा गर्छ ।
कोदोको सुप
आधा लिटर पानीमा २ चम्चा कोदोको पिठोको सुप बनाएर बिहानको समयमा पिउनाले शरीरलाई न्यानो प्रदान गर्छ । कोदोमा पर्याप्त मात्रामा आइरन र भिटामिन पाइने हुनाले रक्तअल्पताबाट समेत बचाउँछ ।
मासु तथा सुप
मासुले शरीरलाई शक्ति प्रदान गर्ने मात्र होइन । यसमा भएका भिटामिनहरूले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । शरीरको मांसेपशी बलियाे बनाउनुको साथै शरीरलाई ऊर्जा प्रदान गर्छ ।
दूध र अण्डा
दूधमा पाइने भिटामिन डी ले जाडोमा लाग्ने विभिन्न संक्रमणबाट बचाउँछ । भिटामिनले शरीरलाई न्यानो प्रदान गर्छ । रगतको कोषहरूको निर्माण गर्नुको साथै फ्लु भाइरसबाट बचाउँछ । यसको साथै यसमा पाइने म्याग्नेसियमले जाडोमा हुने एक्लोपना, तनाव र मानसिक समस्यालाई घटाउने काम गर्छ । अण्डाबाट आइरन पोटासियम सुष्म तत्वको परिपुर्ति हुने हुँदा शरीरले सधैँ न्यानो महसुस गर्छ । र सखरको दैनिक सेवन गरेमा कफलाई बाहिर निकाल्नुको साथै न्यानो पनि प्रदान गर्छ ।
हरियो सागसब्जीको दैनिक प्रयोग
मेथी, गाजर, पालुङ्गो, चम्सुर र बेथेको सागको प्रयोग पोषणको हिसाबले मात्र नभइ जाडोमा न्यानो प्रदान गर्ने खानाको रूपमा लिइन्छ ।
मह
मह चिसोका लागि उचित मानिन्छ । यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ । साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । महको दैनिक प्रयोगले रोगसित लड्ने क्षमता प्रदान गर्छ । चिसोबाट बढी प्रभावित हुने बालबालिका र वृद्ध–वृद्धाले दूधसित मिलाएर मह सेवन गर्दा फाइदाजनक हुन्छ ।
अदुवा
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरीरलाई हिट पनि प्रदान गर्छन् । जाडो सिजनमा शरीरमा पानीको मात्रा कम हुने गर्छ । जसले गर्दा कब्जियतको समस्याले समेत सताउन सक्छ । अदुवाको सेवनले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।
दालचिनी
दालचिनीले शरीरभित्रको चिसोलाई कम गर्छ र शरीरमा तापक्रम बढाउँछ । यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...