ताजा समाचार

आज माघे संक्रान्ति, विभिन्न समुदायले आ-आफ्नै परम्पराअनुसार मनाउँदै

माघ १, काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात माघे सक्रान्ति । घिउ, चाकु र तरुल लगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । आजको दिन परिवारका सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर तरुल, चाकु, लड्डु तथा घिउलगायतका परिकार खाएर रमाइलो गर्ने चलन छ ।

तराईमा आजको दिनलाई ‘तिला सकराइत’ भनिन्छ । थारु, मगर र छन्त्याल समुदायले भने नयाँ वर्षका रूपमा माघी पर्व मनाउने गर्छन् । माघे संक्रान्तिलाई पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा माघीको रुपमा मनाइ“दैछ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली दलाका नेताहरुले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

थारु समुदायमा नयाँ वर्ष

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

मकर सङ्क्रान्ति महिमा

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org