चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।
चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय चन्दन मेहताले बताए । दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका–६ का भटाई सदाले बताए ।
एकचालिस थान कम्बल हस्तान्तरण
केही दिनदेखि बढेको अत्यधिक चिसोबाट जोगाउनका लागि उद्योग वाणिज्य सङ्घ इनरुवाले जिल्ला प्रशासन कार्यालयले गए राति ४१ थान कम्बल हस्तान्तरण गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई अतिविपन्न परिवारलाई वितरण गर्न कम्बल हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए।
आर्थिक अवस्था कमजोर भएका परिवारलाई चिसोबाट बचाउन वाणिज्य सङ्घले २१ थान र नेपाल–भारत मैत्री सङ्घले २० थान कम्बल वितरण गरेका सङ्घका उपाध्यक्ष गिरिजा अटलले जनाए ।
Comments
अरु समाचार
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...