धरानस्थित बिपीकेएचआईएसमा आन्दोलनका कारण सेवा प्रभावित
धरान। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेएचआईएस) का चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलनले अस्पतालको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ ।
बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै भएको आन्दोलनका कारण आज आकस्मिक कक्षबाहेकका ओपिडी तथा बिल काउन्टर बन्द छन् । आन्दोलनकारी प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा डा प्रल्हाद कार्कीको कार्यकक्ष अगाडि धर्नामा बसेका छन् । उनीहरुले आइतबारदेखि अस्पतालका सेवा ठप्प पारेका थिए । अस्पतालका सेवा ठप्प भएपछि टाढाबाट उपचार गराउन आएका बिरामी समस्यामा परेका छन् ।
प्रतिष्ठानका कर्मचारीले यसअघि गत असोज र कात्तिकमा आन्दोलन गरेका थिए । करिब एक महिनाको आन्दोलन पछि गत कार्तिक २० गते भएको वार्तामा प्रतिष्ठान प्रशासन र आन्दोलनरत पक्षबीच विधि प्रक्रिया पुरा गरेर पुस २ देखि १५ गतेसम्म बढुवाका लागि अन्तरवार्ता अघि बढाइने सहमति भएको थियो ।
सहमतिअनुसार अन्तर्वार्ता प्रक्रिया सुरु नभएपछि आन्दोलनकारी पुस २४ देखि पुनःआन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानस्थित शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले पुस २६ गते विज्ञप्ति जारी गरेर पुस २८ सम्म प्रक्रिया अघि नबढाएर पुस २९ देखि प्रतिष्ठानका सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । सोहीअनुसार सेवा ठप्प पारिएको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले बताउनुभयो ।
गत पुस २५ गते प्रतिष्ठानका कार्यकारी समिति ९कास०को बैठक बोलाइए पनि कामु उपकुलपति प्रा डा कार्की अनुपस्थित भएपछि बैठक बस्न सकेन । त्यसपछि आन्दोलनरत कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाजले कामु उपकुलपति प्रा डा कार्कीलाई प्रतिष्ठानमा प्रवेश गर्न नदिने जनाएका छन् ।
स्वास्थ्य सेवा प्रभावित नपार्न दलहरुको आग्रह
आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित बनेपछि धरानमा सक्रिय प्रमुख पाँच राजनीतिक दलले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र प्रभावित नपार्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस धरान नगरसभापति श्याम पोख्रेल, नेकपा ९एमाले० नगर अध्यक्ष हर्कजङ एभेङ, नेकपा ९माओवादी केन्द्र०का नगर अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बू र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रेवती रमण राईले संयुक्त वक्तत्व जारी गरेर स्वास्थ्य र शिक्षा प्रभावित भए प्रतिष्ठान प्रशासनमा हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।
राजनीतिक दलको समन्वय र उपस्थितिमा भएका सम्झौता कार्यान्वयन गर्न गराउन दलहरूकोतर्फबाट पहल भइरहेको हुँदा आन्दोलनलाई रचनात्मक बनाई अघि बढ्न आन्दोलनरत पक्षलाई वक्तव्यमार्फत आग्रह गरिएको छ ।
अख्तियारी फिर्ता
प्रतिष्ठानका कामु उपकुलपति प्रा डा कार्कीले प्रतिष्ठानका रजिष्ट्रार प्रा डा सूर्यप्रसाद सङ्ग्रौलाको अख्तियारी फिर्ता गर्नुभएको छ । आइतबार रजिष्ट्रार प्राडा सङ्ग्रौलालाई पत्र पठाउँदै कामु उपकुलपति डा कार्कीले गत असार १७ गते आफू कामु उपकुलपति नियुक्ति भएपछि दिइएको सम्पूर्ण आर्थिक एवं प्रशासनिक क्रियाकलाप र मुद्दा मामिलासम्बन्धी कामको अख्तियारी फिर्ता लिइएको उल्लेख गर्नुभएको छ ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...