ताजा समाचार

चिनियाँ टोलीमाथि कुटपिटको आरोपमा जनार्दनका बहिनी ज्वाईलाई माओवादीले सोध्यो स्पष्टीकरण

काठमाडौँ । चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका एक नेतालाई स्पष्टीकरण सोधिएको छ ।

माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीसँग पार्टीले लिखित स्पष्टीकरण माग गरेको हो । केसीलाइ मंसिरमा भूकम्प प्रभावितका लागि राहत लिएर गएको चिनियाँ टोलीलाई जाजरकोटमा कुटपिट गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको माओवादी केन्द्रले जनाएको छ।

केसीको टोलीले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई राहत लिएर गएका चिनियाँ टोलीकी प्रमुख सोउ सिच्याङमाथि मंसिर २० कुटपिट गरेको आरोप लागेको छ । यो घटनामा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको थियो । केसी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका बहिनी ज्वाइ हुन ।

साथै गत शनिबार बसेको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ (सुदीप) र उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

भक्तपुरका तामाङ पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै हिँडेको भन्दै माओवादीले कारबाही गरेको हो। साथै कपिलवस्तुकी विक नेकपा (एमाले) मा प्रवेश गरेकी थिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org