ताजा समाचार

वर्तमान सरकार तरकारी बारीको बुख्याचा जस्तो छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिनुभएको छ। बिहीवार पार्टी मुख्यालय च्यासलमा खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँ सरकारमाथि त्यसरी खनिनुभएको हो । अहिले देश बर्बाद हुँदै गएको जनाउँदै अध्यक्ष ओलीले ुमिसन ०८४ु कुर्न नसक्ने अवस्था आएको बताउनुभयो ।

वर्तमान सरकार भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको ओलीको आरोप छ । सत्ता गठबन्धनका नेताहरुलाई उहाँले भ्रष्टाचारी कमिशनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातमा परिभाषितसमेत गरिदिनुभयो ।

‘सरकार कस्तो छ भने तरकारी बारीको बुख्याचा जस्तो छ । केही गर्ने होइन त्यसले । त्यसको टाउकोमा काग पनि बस्छ, सुँगा पनि बस्छ । सबै बस्छ । किनभने चिनिसके यो बुख्याचा हो भनेर’, ओलीले भन्नुभयो । देश अफ्ठ्यारो स्थितिमा रहेको र नेकपा एमालेले मात्रै जोगाउनसक्ने उहाँको जिकिर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org