ताजा समाचार

ह्वाट्सएपमा प्रबन्ध निर्देशक ढकालको नाम र तस्विर दुरुपयोग गरिएको भन्दै सतर्क रहन आइएमई ग्रुपको आग्रह

काठमाडौं । सामाजिक सञ्जालमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालको नाम र तस्विर दुरुपयोग गरेको पाइएको छ । आइएमई ग्रुपका अनुसार मोवाइल नम्बर ९८२७२१४५९४ दुरुयोग गरी ह्वाट्स एप खाता सञ्चालन गरिएको छ । प्रबन्ध निर्देशक ढकालको नाम र तस्विरको दुरुपयोग भएकाले सजग रहन आइएमई ग्रुपले विहीबार एक जरुरी सूचना सार्वजनिक गर्दै आग्रह गरेको छ ।

ढकालको नाम र तस्विर दूरुपयोग गरी ह्वाट्स एप खाता बनाएर विभिन्न व्यक्तिहरुसँग संवाद गर्ने तथा पैसा समेत माग्ने गरेको पाइएकोले सजग रहन सबै सरोकारवाला, साझेदार र सर्वसाधारणमा जरुरी सूचनामार्फत अनुरोध गरिएको छ ।

उक्त मोवाइल नम्बर तथा ह्वाट्स एप एकाण्टबाट वा अन्य कुनैपनि शंकास्पद नम्बरबाट कुनै पनि अनुरोध आएमा तुरुन्त नेपाल प्रहरी साइबर ब्यूरोमा खबर गर्न आइएमई ग्रुपले आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org