ताजा समाचार

कोशी, गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोशी, गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशमा मतगणना सुरु भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चार प्रदेशमा मतगणना सुरु भएको हो । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना सबैले मतदान गरेका छन् ।

स्थानीय तह तर्फ १७५ जनामध्ये धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान नगरेको बताइएको छ ।यस्तै कोशी प्रदेशमा धरानका मेयर हर्क साम्पाङले मतदान गरेनन् । यस्तै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयराम गच्छदारले बिरामी भएर मतदान नगरेको बताइएको छ । यस्तै कोशीकै झापा गाउँपालिकाका अध्यक्ष जयराम चौधरी निलम्बनमा परेको हुँदा मतदाता सूचीमै थिएनन् ।

कोशीमा २ सय ७४ स्थानीय जनप्रतिनिधि मध्ये २ सय ७१ ले मात्र मतदान गरेका छन् । प्रदेश सभाका ९३ जनाले नै मतदान गरेका छन् । बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (हानेपा) का दुई सांसद शैलेन्द्रराज बज्राचार्य र समता खड्कीले मतदान गरेनन् ।

यस्तै स्थानीय तहतर्फ काठमाडौंका मेयर बालेन्द्र शाह, नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा मतदान गरेका छैनन् । यहाँ प्रदेश सभातर्फ १०८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २३४ जनाले मतदान गरे । गण्डकीमा पनि मतगणना जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org