ताजा समाचार

राष्ट्रियसभा निर्वाचन: कोशीमा ‘फ्लोर क्रस’, एमालेकी रूक्मिणी कोइराला निर्वाचित

विराटनगर । कोशी प्रदेशमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी भएकी छन्। उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन् ।

कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका सांसदले ‘फ्लोर क्रस’  गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन् ।

स्थानीय तहमा सत्तागठबन्धनका १७ जना सांसद र प्रदेशमा तीन जना सांसदले ुफ्लोर क्रसु गरेको पाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org