सुपर सिक्समा पुग्न अफगानिस्तानलाई हराउनैपर्ने चुनौती
काठमाडाैँ ।आईसीसी यू–१९ विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आज अफगानिस्तानविरुद्ध खेल्दै छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने दुई टिमबीचको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि शुरू हुनेछ ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । किनभने विजेताले सुपर सिक्स चरणमा स्थान पक्का गर्नेछ ।
यसअघिका दुवै खेलमा पराजित नेपाललाई सुपर सिक्समा प्रवेश गर्न आज जित्नैपर्नै दबाब छ । नेपाल यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।
सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तानलाई पनि नेपालजस्तै जित्नै पर्ने दबाब छ । अफगानिस्तानले पनि यसअघि पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजय व्यहोरेको थियो ।
आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ ।
जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ ।
समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ ।
विश्वकप क्रिकेटमा नेपाल र अफगानिस्तानको यो पहिलो भेट हो । एसिया कपमा भने दुई देशबीच प्रतिस्पर्धा भएको थियो । दुबईमा भएको एसिया कप २०२३ को खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २६१ रन जोडेको थियो । जवाफमा नेपालले ४०.१ ओभरमा अलआउट हुँदा १८८ रन मात्रै बनायो ।
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












