ताजा समाचार

पाँचजना सञ्चालकको चयन गर्दै नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । नेको इन्स्योरेन्सले २८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै संस्थापक सेयरधनीको तर्फबाट दुई जना र साधारण सेयरधनीको तर्फबाट तीन जना गरी जम्मा पाँच जना सञ्चालकहरूलाई निर्वाचित गरेको छ।

निर्वाचित हुने सञ्चालकहरूमा संस्थापक सेयरधनीका तर्फबाट रमेशकुमार निरौला र प्रताप सुवेदी छन्र । त्यसैगरी साधारण सेयरधनीको तर्फबाट भरतकुमार अधिकारी, भानुभक्त पोखरेल र डा. निलिमा श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै निर्वाचन पश्चात् बसेको ४५७ औं सञ्चालक समितिको बैठकले रमेशकुमार निरौलालाई सञ्चालक समितिको अध्यक्षको रूपमा चयन गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org