ताजा समाचार

आविष्कार केन्द्र खोल्दै धरान उपमहानगरपालिका,भवन निर्माण गर्न २ करोड

काठमाडौं । धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । सुनसरीको जिल्लको धरानमास्थित पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न क्याम्पससँग उपमहानगरले सम्झौता गरेको क्यम्पस प्रमुख कार्कीले जनाएका छन् ।

आज उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिएका छन् । केन्द्र खोल्न पहिलो चरणमा केन्द्रलाई आवश्यक पर्ने करिब २ करोड लागतको भवन उपमहानगरले निर्माण गर्ने सहमतीमा भएको छ ।

पूर्वीक्षेत्रका इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले अन्वेषण,अनुसन्धान गर्ने स्थान र नयाँ आविष्कार गर्न खोज्ने धरानबासीको लागि स्थानीय आविष्कार केन्द्रले स्थान र आवश्यक पर्ने मेशिनरी औजार उपलब्ध गराउने तयारी रहेको प्रमुख कार्कीले जनाए ।

उनले आविष्कार केन्द्रको सञ्चालन कार्यविधि बनाइनसकेको भन्दै उपमहानगरका प्रतिनिधि र क्याम्पसका प्रतिनिधि बसेर सञ्चालन, प्रयोग, अनुसन्धान, अन्वेषणको कार्यविधि तयार गर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org