ताजा समाचार

देशका केही क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

लुम्बिनी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका अधिकांश तराई भूभागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुने असरका साथै चिसोबाट बच्न आवश्यक उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज बिहान सूर्योदय ६ बजेर ५१ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४३ मिनेटमा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org