ताजा समाचार

गाङछेँपो हिमाल आरोहण गर्ने पाँच आरोही ओलीद्वारा सम्मानित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाङछेँपो हिमाल आरोहीलाई सम्मान गरेका छन् ।सिन्धुपाल्चोक जिल्ला पाँचथाङ्पाल गाँउपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमकाबीच ओलीले सफल आरोही सानु शेर्पा, रविन्द्र अर्याल, अशोक शर्मा भट्ट, रामकाजी तिवारी र लालबहादुर वाइवालाई सम्मान गरेका हुन्।

सम्मानित हुने आरोही समूहले २०२२ नोभेम्बरमा गाङछेँपो हिमाल सफल आरोहण गरेको थियो । गाङछेँपो हिमाल पहिलो पटक आरोहण गर्नेहरू बुधबार सम्मानित भएको सम्मानित समूहका सदस्य अशोक शर्मा भट्टले जानकारी दिएका छन् । यही समूहले नै गाङछेँपो हिमाल आरोहण मार्ग समेत पहिचान गरेको शर्माले जनाएका छन् ।

न्यू भिजन नेपालका अध्यक्षसमेत रहेका शर्मा पर्यटकीय क्षेत्र प्रवर्द्धक हुन् । उनी विगत लामो समयदेखि पर्यटकीय क्षेत्र प्रवर्द्धन तथा प्रचारप्रसारमा क्रियाशील छन । शर्मा आबद्ध संस्था न्यू भिजन नेपालले यही माघ २१ गतेदेखि पाँच पोखरीमा योग शिविर सञ्चालन गर्दैछ । विश्वको नवौं अग्लो स्थानमा रहेको पाँचपोखरी तालको धार्मिक-पर्यटकीय महत्वलाई उजागार गर्नका लागि योग शिविर आयोजना गरिएको शर्माले जानकारी दिएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org