ताजा समाचार

फुटबलर नवयुग श्रेष्ठले कसे लगनगाँठो

खाठमाडाैँ । राष्ट्रिय फुटबल तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठले बिहे गरेका छन् ।

इलाम मंगलबारे देउमाई ४ का नवयुग र झापा मेचीनगर– १२ की पुजा श्रेष्ठबीच बुधबार बिहे भएको छ ।

नवयुगले नेपाली राष्ट्रिय फुटबल टिमको समेत कप्तानी गरिसकेका छन् । उनले हालै इलाममा सम्पन्न एनआरएन इलाम गोल्ड कपमा आयोजक रेड हर्स क्लबका तर्फबाट खेलेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org