अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।
ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले जनाए । दुर्घटनामा पणेना–१ की कपिला खनाल पोख्रेल र शर्मिक पोख्रेल घाइते भएका छन् । उनीहरुको सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
भीरमा फालेर छ वर्षीय छोराको हत्या
काठमाडौं । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् । अभियुक्तले गएराति...
-
कर छलेर ल्याइएका सामान बरामद
काठमाडौं । सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा...
-
१४ वर्षीया किशोरीको हत्याका आरोपीत सार्वजनिक
काठमाडौं । डढेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७ पोखरा बजारमा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक...
-
काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ
काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु...
-
क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । गोरखामा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१९ का १९...
-
नक्कली नोटसहित दुई जना पक्राउ
काठमाडौं । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ...
-
हनि ट्रयापिङ प्रकरणमा दरबारमार्ग बृत्तदेखि भैंसेपाटी प्रभागसम्मको कनेक्सन देखियो
काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने समूह पेशेवर देखिएको छ। प्रहरीकै अधिकारीदेखि विभिन्न व्यक्तिहरुसँग मिलेर...
-
अवैध सुनसहित दुई भारतीय प्रहरी नियन्त्रणमा
काठमाडौं । मकवानपुरको हेटौँडामा प्रहरीले दुई भारतीय नागरिकलाई अवैध सुनसहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ...