ताजा समाचार

अवैध सुनसहित दुई भारतीय प्रहरी नियन्त्रणमा

काठमाडौं । मकवानपुरको हेटौँडामा प्रहरीले दुई भारतीय नागरिकलाई अवैध सुनसहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातमाटे चेकपोष्टमा एक स्कुटरलाई रोकी जाँच गर्दा सो परिमाणको पहेँलो धातु फेला पारेको हो ।

पक्राउ पर्नेहरूमा भारतको महाराष्ट्र राज्य साँगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाडल रहेका छन्। उनीहरूले आफ्नो शरीरको विभिन्न भागमा लुकाएर ल्याएको सो पहेँलो धातु ८ किलो २ सय ४३ ग्राम ९ सय ७० मिलिग्राम रहेको छ। यसको बजार मूल्य करिब ११ करोड ४३ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाउने तयारी भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org