टाटा मोटर्स एक्सचेञ्ज: पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर नयाँ गाडी साट्न सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले शुक्रबारबाट भ्यालेन्टाइन स्पेशल ‘एक्सचेञ्ज विथ लव’ कार्यक्रमको आयोजना गरेको छ।
शुक्रवारबाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिनेछ। ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रूचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले बताएको छ।
उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगञ्ज र जेबी मोटर्स बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेसनल, नेपलगञ्जलगायत नेपालभरी रहेका टाटाका शोरुमहरूमा आयोजना गर्न लागिएको हो।
यस एक्सचेञ्ज विद लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन्। यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई खेल तथा मनोरञ्जनमार्फत् नौलो अनुभुति गर्दै गाडी किन्ने फरक अनुभव प्रदान गर्नु रहेको कम्पनीले बताएको छ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...