ताजा समाचार

क्यानडाविरुद्ध टस जितेर नेपालले बलिङ रोज्यो

काठमाडाैँ । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

सोमबार बिहान त्रिवि मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो ।

नेपाली टिमबाट तीव्र गतिका बलर हेमन्त धामीले डेब्यू गर्दैछन् । आसिफ शेख, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाललाई बेन्चमा छन् ।
यसअघि लगातार दुई खेल जितेको नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । क्यानडा भने पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भने जितिसकेको छ । सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक र दोस्रो खेलमा ४ विकेटको जीत हात पारेको थियो ।

यो सिरिजलगत्तै नेपाली टोलीले घरेलु मैदानमा नै नामिबिया र नेदरल्यान्डस् सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ। उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्यान्ड्स खेल्नेछ।

त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच टी–२० श्रृ‌ंखला हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org