ताजा समाचार

आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पछिल्लो समय आलोचनाको घेराबन्दीमा परेका छन् । कार्कीले सार्वजनिक मञ्चबाट दिएको अभिव्यक्तिका कारण चर्को आलोचनाको सिकार बनेका हुन् ।

गत सोमबार मोरङको सुन्दरहरैंचास्थित साँजीलाल माविको वार्षिकोत्सवमा उनले आफू विद्यार्थीकालमा सधै लास्ट बेन्तर भएर पनि मुख्यमन्त्री बनेको तर फस्ट बेन्चर खरिदार भएर आफ्नो भुँडीमात्र भर्न ठिक्क भएको भनेर सारै निम्छरो टिप्पणी गरेका थिए । सार्वजनिक कार्यक्रमा आफ्नो पद र मर्यादाको सामान्य हेक्का समेत नराखी कार्कीले गरेको भाषणको कर्मचाीहरु मात्र नभएर राजनीतिकर्मीहरुलाई समेत चित्तबुझेको छैन् । उनले मिहिनेत गरेर अध्यायन गर्ने, अनुसाशीत, नियमित विद्यालय आउने र पहिलो स्थानमा बस्न रुचाउने विद्याथीका साथै, सरकारी जागीर खाएर राष्ट्रको सेवा गर्ने सोच भएका विद्यार्थीहरुलाई अबहेलना गरेको प्रष्ट देखिन्छ ।

कार्कीले आफूहरूको आत्मसम्मानमा चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चार संगठनद्वारा उनले आफ्नो अभिव्यक्तिमा क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘म कक्षामा लास्ट बेन्चर हुँ, फस्ट बेन्चमा बस्नेले केवल लेख्न र पढ्नमात्र जान्यो,’ उनले भनेका थिए, ‘कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्र जान्यो, ऊ अहिले खरिदार छ, म मुख्यमन्त्री छु ।’

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर वन, एमालेनिकट निजामती कर्मचारी संगठन कोशीका अध्यक्ष काशीराज पराजुली, माओवादी केन्द्रनिकट कर्मचारी संगठन कोशीका अध्यक्ष रुद्र सुवेदी र एकीकृत समाजवादीनिकट कर्मचारी संगठन कोशीका कार्यवाहक अध्यक्ष योगेश्वर खनालले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपरिपक्व र आपत्तिजनक भएको उल्लेख गर्दै क्षमायाचनाको माग गरेका छन् ।

त्यतिमात्र हैन् कार्कीले तीन दिनअघि चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दा सहमति र सहकार्यविपरीत गएको भन्दै सत्तारूढ समाजवादी र कांग्रेसको संसदीय दलले तीव्र आलोचना गरिरहेको छ । उनले कांग्रेसबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गरेका थिए । त्यसमा असन्तुष्टि जनाउँदै कांग्रेस नेता उद्धव थापा र समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले कार्कीलाई काँध थाप्न नसकिने बताएका थिए ।

एमालेको समर्थनमा मुख्यमन्त्री भएलगत्तै कार्कीले एमालेका रामबहादुर मगर र कांग्रेसका शमशेर राईलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसमाथि मुख्यमन्त्री कार्कीले दुई साताअघि मात्रै प्रदेश सांसद र पदाधिकारीलाई सुविधा दिने गरी चोरबाटोबाट अध्यादेश ल्याएको भन्दै एमाले उनीसँग थप बिच्केको हो । अध्यादेश फिर्ता नलिए समर्थन फिर्ता लिएर अन्य विकल्पको खोजी गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले चेतावनी नै दिइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org