आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’, कसरी भयो सुरुवात ?
काठमाडौं । नेपालसहित विश्वका अधिकांश देशमा आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे एकअर्कामा प्रेम साटासाट गरी मनाइँदैछ।
हरेक वर्ष फेब्रुअरी १४ मा प्रेमी-प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ।
युवायुवतीले यस दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने दिनका लागि पनि लिने गर्छन्। आजका दिन प्रेमको प्रतिकका रुपमा रहेको रातो गुलाबको फूल आफ्ना प्रियजनलाई दिने चलन छ।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ।
हरेक वर्ष यस दिवसको अवसरमा विदेशबाट लाखौँको गुलाफ आयात हुने भएपनि सरकारले यसवर्ष भने भारतबाट गुलाफको आयातमा प्रतिबन्ध लगाएको थियो।
सप्ताहव्यापी रुपमा यस भ्यालेन्टाइन्स डे फेब्रुअरी ७ अर्थात् राेज डेदेखि आज फेब्रुअरी १४ भ्यालेन्टाइन्स डेसम्म रहन्छ।
कसरी भयो सुरुवात?
प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्व थुप्रै देशहरूमा भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवसको रूपमा मनाइने यस दिनकाे इतिहास भने दु:खद् छ।
तेस्रो शताब्दीमा रोममा एक शासक थिए- क्लोडियस द्वितीय। उनको मान्यता थियो- जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ। त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए- आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन।’
रोमनका पादरी सेन्ट भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन। उनले उक्त उद्घाेषको विरोध गरे। सेन्ट भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए। यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे।
जब सेन्ट भ्यालेनटाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरूलाई प्रेरित गरेको क्लोडियसले थाहा पाए तब उनले भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश दिए। यसपश्चात् भ्यालेनटाइनलाई ‘कालकोठरी’मा बन्दी बनाइयो।
आखिरमा सेन्ट भ्यालेनटाइनलाई फाँसी दिने सजाय सुनाइयाे। फाँसीको आदेश सुनेर सेन्टले जेलरकी दृष्टिविहीन छोरीको नाममा एकप्रेम पत्र लेखे। उनले त्यसमा लेखेका थिए- ‘फ्रेम योर भ्यालेनटाइन।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने- म मरेपछि मेरो आँखा तपाईँकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू।’
राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए। यही दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरूले ‘भ्यालेनटाइन डे’ मनाउन सुरु गरेका हुन्।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












