ताजा समाचार

नेश्नल पेमेन्ट गेटवे खरिद प्रकरणः विकल र सुनिललाई थप १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । नेश्नल पेमेन्ट गेटवे (एनपीजी) खरिदमा भ्रष्ट्राचार गरेको आरोपमा  पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

दुवैजना गत १० माघमा पक्राउ परेका थिए ।

यसअघि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा परेका विकल र सुनिल माथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org