ताजा समाचार

आईसीसी विश्वकप लिग-२: क्रिकेट पहिलो बलमा नै नेपाललाई झट्का

काठमाडौँ । नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको छ ।

कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेल म्यानको बलमा आउट भएका हुन् ।

पहिलो ओभरको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा ८ रन बनाएको छ ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिष्पर्धा गर्दैछ । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ ९२०२३–२०२७० को सुरुवात गर्न लागेको हो ।

नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीवार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org