ताजा समाचार

नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको दोस्रो विकेट गएको छ ।

दुवै सफलता ललित राजवंशीले दिलाएका हुन् । उनले नामिबियाका निको डाभिनलाई कुशल भुर्तेलको हातबाट र दोस्रो माइकल भान लिंगेनको अनिल साहको हातमा क्याच आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले रन बनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org