ताजा समाचार

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारीत ओभरमा ३७.१ ओभरमा सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले ४–४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकएक विकेट लिए ।

नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । दोश्रो इनिङको खेल टियु स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org